पीडितका कुरा सुन्न देउवा चार जिल्लातर्फ लागे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी, पहिरो र डुबानमा परेका जनतासँग प्रत्यक्ष भेटेर गुनासा सुन्न प्रदेश नं. १ गएका छन् ।

प्रधानमन्त्री देउवा आइतबार बिहान ८ बजे प्रदेश नं. १ तर्फ प्रस्थान गरेका हुन् । देउवाले बाढी, पहिरो र डुबान प्रभावित सुनसरी, मोरङ, इलाम र पाँचथरका सर्वसाधारणसँग भेट गर्नेछन् ।

देउवाले चार वटै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरूसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाको बारेमा जानकारी लिने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।

यसअघि, प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका बाढी, पहिरो र डुबानमा परेका जनतासँग प्रत्यक्ष भेटेर सहयोग गर्ने आश्वासन दिएका थिए ।

Published : Sunday, 2021 October 24, 8:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया