स्यालको फ्याउरो भक्तपुरमा भुकेर कांग्रेस फुट्दैनः कांग्रेस नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्र्रीय सदस्य योगेन्द्र चौधरीले भक्तपुरतिरको स्याललाई औकातमा बस्न सचेत गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस नेता चौधरीले स्यालहरूलाई कांग्रेस फुटाउन सपना नदेख्न सचेत गराएका हुन् । कांग्रेस नेता चौधरीले एमालेका नेता महेश बस्नेतको नाम नलिएर स्यालका फ्याउराहरू भुकेर कांग्रेस नफुट्ने बताए ।

‘केही स्यालहुइँयाहरूले कांग्रेस फोड्न सक्ने धम्की दिन थाले’, पूर्वसांसद समेत रहेका चौधरीले भने, ‘स्मरण रहोस् यी सबै असहज परिस्थितिको सामना कांग्रेसले धेरै पहिले गरिसकेको छ । यस्तो कुरा गर्न बचुवालाई लाज हुनुपर्ने हो ।’

एमालेका नेता बस्नेतले कांग्रेसलाई फुटाउन सक्ने भन्दै कांग्रेसका २३ जना सांसद पार्टी फुटाउन तयार रहेको विवादास्पद अभिव्यक्ति दिएका छन् ।

कांग्रेस नेता चौधरीले भक्तपुरमा स्यालको फ्याउरो भुक्दैमा नेपाली कांग्रेस विभाजन नहुने बताए । कांग्रेस पार्टी एमाले, मधेस केन्द्रित र माओवादी जस्तो कमजोर नरहेको चौधरीले बताएका छन् ।

तत्कालीन संघीय समाजवादीका सांसद र जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो निकटका सांसदहरू अपहरण गरेको आरोप लाग्दै आएका एमालेका नेता बस्नेतले आफ्नै दुईतिहाइको सरकार र नेकपा भन्ने पार्टी बचाउन सकेनन् ।

जनताको मन जितेर कांग्रेस चारैतिरबाट बलियो बनेर आएपछि एमालेका नेता बस्नेतलाई पचेको छैन । अब कांग्रेसविरुद्ध अन्टसन्ट बरबराउन थालेका छन् ।

भक्तपुर निवासी एमालेका नेता बस्नेत बेलाबेला विभिन्न खालका विवादमा पर्दै आएका छन् । बस्नेतको यस्तै खालको अभिव्यक्ति र हर्कतले प्रधानमन्त्री खड्गप्रसाद ओली समेत बद्नाम भएर फस्दै आएका छन् । बस्नेतले काम सपार्नेभन्दा पनि विगारेको आरोप छ ।

Published : Monday, 2021 May 31, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया