ओली र ठाकुर–महतोबीच कुरा मिल्यो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार ओलीले ठाकुर–महतोसँग परामर्श गरेका हुन् । उनीहरूका बीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले जसलाई ८ मन्त्रालय र दुई राज्यमन्त्री दिने चर्चा चलेका बेला सम्वाद भएको छ । जसपाले उप–प्रधानमन्त्री र गृह मन्त्रालयमा पनि दाबी गर्दै आएको छ ।

जसपाका अध्यक्ष ठाकुर र महतो सरकारमा जान तयारी अवस्थामा छन् । ओलीले पनि जसपालाई छिटो सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

Published : Monday, 2021 May 31, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया