कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखेको छ ।

कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन राखेको छ । कांग्रेसले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध आफ्नो टिप्पणी सार्वजनिक गर्न लागेको छ ।

पत्रकार सम्मेलनमा जेठ १५ गते नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८÷७९ को आय व्यायको सार्वजनिक जानकारी वक्तव्यबारे नेपाली कांग्रेसको धारणा प्रस्तुत गरिनेछ ।

अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि पैसा विनियोजन नगरेर बजेट ल्याएका छन् । निर्वाचन घोषणा भइसकेको अवस्थामा वितरणमुखी र लोकप्रियता कमाउने उदेश्यले बजेट ल्याएको भनेर कम्युनिस्ट सरकारको विरोध हुँदै आएको छ ।

Published : Monday, 2021 May 31, 9:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया