कांग्रेस नेता बस्नेतको कामले कम्युनिस्टहरू मुर्छा पर्न थाले, मन्त्री र सभामुखलाई तनाब

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गृहजिल्ला सिन्धुपाल्चोकमा कोरोना संक्रमितको उपचारमा आफूलाई केन्द्रित बनाएका छन् ।

दुई हप्तादेखि लगातार सिन्धुपाल्चोकमा सक्रिय रहेका नेता बस्नेतले सबै गाउँपालिका र नगरपालिकाहरूका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई अक्सिजनसहितका स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।

‘पहिला जनता बचाउँछु, अनि राजनीति गरौंला’ अभियानका साथ कांग्रेस नेता बस्नेतले गृहजिल्लामा स्वास्थ्य सामग्री वितरण र आइसोलेसन निर्माणमा जुटेका हुन् । उनले सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट पनि स्थापना गर्ने तयारी गरेका छन् ।

पाँचपोखरी थाङ्पाल– ७, तिपेनीमा हालसालै सम्पन्न भएको १५ सय्याको अस्पतालमा उनले पाँच वटा ठूलो साइजको अक्सिजन सिलिण्डर, ५ वटा बेड, स्वास्थ्य सामग्री पीपी ५ सेट, अक्सिजन रिफ्युलको लागि आर्थिक सहयोग गरेका छन् ।

मेलम्ची नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ को सिन्धु भ्यालीको थकनी पिप्लेमा कांग्रेस नेता बस्नेतले अक्सिजनसहितको आइसोलेसन सेन्टरमा पनि सहयोग गरेका छन् । उनले अक्सिजन सिलिण्डर, हस्पिटल बेड लगायत स्वास्थ्य सामग्री हस्तान्तरण तथा सिन्धुभ्याली कोभिड आईसोलेसन केन्द्रको उद्घाटन पनि गरेका छन् ।

सुनकोशी गाउँपालिकामा उनले अक्सिजन बेडसहितको १ सय बेडको आइसोलेसन अर्थात कोरोना उपचार केन्द्र बनाउन लागेका छन् ।

बस्नेतले अन्य स्वास्थ्य संस्थाहरूमा पनि बेड र स्वास्थ्य सामग्री तथा अक्सिजन सिलिण्डहरू वितरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले त्रिपुरासुन्दरी गाउँपालिका–६ टेकानपुरको आइसेलेसनलाई ब्यवस्थित बनाउन स्वास्थ्य सामग्रीहरू दिएका छन् ।

सभापति बस्नेतले दुई थान अक्सिजन, पाँच थान आईसोलेसन बेड, पौष्टिक आहारा र बिभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

शुक्रबार सभापति बस्नेत, महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ लगायतका नेता कार्यकर्ता टेकानपुरमा पुगेर आईसोलेसनको निरीक्षण गरेका छन् ।

आईसोलेसनमा संक्रमितहरूलाई चिसो भूइँमा सुताइरहेको र अक्सिजन, आइसेलेसन बेड, स्वास्थ्य सामग्री केही नभएको पाइएपछि स्थानीय कांग्रेसी नेताहरूको आग्रहमा अक्सिजन, आईसोलेसन बेड, पौष्टिक आहारा र स्वास्थ्य सामग्री सहयोग गरिएको सभापति बस्नेतले जानकारी दिएका छन् ।

आईसोलेसनमा रहेका ६ जना संक्रमितलाई पौष्टिक आहाराका लागि एक बोरा चना, दश क्यारेट अण्डा, आधा दर्जन हर्लिक्स, लगायतका खाद्यन्न पठाइएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका ६ टेकानपुरमा गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले आईसोलेसन निमार्णमा, संक्रमितलाई उपचार गर्न र संक्रमण नियन्त्रण गर्न ठोस भूमिका निर्वाह नभएको स्थानीयहरूले आरोप लगाएका छन् ।

स्थानीय कांग्रेसजनको प्रयासमा टेकानपुरमा ब्यवस्थित आईसोलेसन निमार्ण कार्य जारी रहेको स्थानीय कांग्रेस नेता सम्राटबिक्रम बोहराले जानकारी दिएका छन् ।

सामाजिक क्षेत्रमा काम गर्दे आएको सीपी फाउण्डेशनले यसअघि उक्त आईसोलेनलाई आठ वटा फोल्डिङ बेड, चार वटा अक्सिजन सिलिण्डर सहयोग गरेको बोहराले बताए ।

स्थानीय युवाहरूले आईसोलेसनमा रहेका संक्रमितका लागि पौष्टिक आहारा, पोलर, डस्टविन लगायतका सहयोग गरेका थिए । आईसोलेसनमा रहेका ६ जना संक्रमितहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

कम्युनिस्टहरू काडमाडौंमा बसेर सत्ताका लागि तिकडम गरिरहेका बेला कांग्रेस नेता बस्नेत सिन्धुपाल्चोकका जनतालाई कोरोनाबाट कसरी बचाउन सकिन्छ भनेर खटिएका छन् ।

सिन्धुपाल्चोकबाट प्रदेशहरूमा मन्त्री छन् । माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा विघटित प्रतिनिधि सभामा सभामुख छन् । शेरबहादुर तामाङ एमालेको केन्द्रीय कार्यालयका सचिव छन् ।

सबै कम्युनिस्टहरू सत्ता र पावरमा छन् । तर, सिन्धुपाल्चोकमा काम गर्न नसकेका बेला बस्नेतले धमाधम आइसोलेसन बनाउनेदेखि स्वास्थ्य सामग्री वितरण र अक्सिजनको व्यवस्था गरिरहेका छन् ।

सरकारले सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्न दिएको बजेटलाई लिएर एमाले र माओवादी केन्द्रका नेताहरू ‘मैले ल्याएको’ भनेर तछाड मछाड गरिरहेका छन् । कांग्रेस नेता बस्नेत भने आफैले स्रोतहरू जुटाएर जनताको सेवा गर्न सक्रिय छन् ।

Published : Saturday, 2021 May 29, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया