यी भीआईपीले ओलीलाई किन भेटे सुटुक्क ?

काठमाडौं । कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच गोप्य वार्ता भएको रहस्य बाहिर आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जेठ १० गते ओली र थापाबीच वार्ता भएको स्रोतले जनाएको छ । भेटवार्तालाई ओली र थापा दुबैले लुकाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र ओलीले प्रतिनिधि सभा विघटन गरे आलोचित बनेका बेला ओलीले राप्रपाका अध्यक्ष थापासँग गोप्य वार्ता गरेका हुन् ।

ओली र थापाबीच सरकारमा सहभागी हुने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ । प्रतिनिधि सभा विघटन भएपछि सांसद हुनुपर्ने व्यवस्था छैन । त्यही व्यवस्थालाई टेकेर ओलीले राप्रपाका नेताहरूलाई सरकारमा सहभागी गराउन थापासँग आग्रह गरेको दाबी गरिएको छ ।

ओलीको आग्रहमा राप्रपका अध्यक्ष थापाले राष्ट्रिय सभाको निर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई मतदान गरेका थिए ।

राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा उठाउँ आएका थापाले राजसंस्था र हिन्दूराष्ट्र विरोधी रामबहादुर थापालाई मतदान गरेका थिए ।

Published : Friday, 2021 May 28, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया