ओली–भण्डारीलाई पानीमुनि गए पनि नछाड्ने देउवाले लिए प्रतीज्ञा, एमालेको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्दलीय भन्नेहरूलाई संविधानको धारा ७६ को उपधारा (५) पढ्न सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बिहीबार जुम अन्तर्क्रियालाई सम्बोधन गर्दै देउवाले संविधानलाई राम्रोसँग पढेर निर्दलीयबारे टिप्पणी गर्न आग्रह गरे । उनले संविधानको व्यवस्थाअनुसार आफूले प्रधानमन्त्रीमा दाबी गरेको बताए ।

‘यो निर्दलीय अभ्यास होइन । संविधानकै धाराअनुसार हो’, देउवाले भने, ‘निर्दलीय भन्नेहरूले संविधानको धारा ७६ को ५ पढ्नु त्यहाँ कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्नेछ ।’

सभापति देउवाले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरे पनि राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको बताए ।

उनले संविधानको धारा ७६ को उपधारा (५) अनुसार १४९ सांसदको हस्ताक्षर आफूले राष्ट्रपतिलाई बुझाए पनि कुनै भेरिफाइ नगरी राष्ट्रपतिले सरकारको सिफारिसमा मध्यरातमा प्रतिनिधि सभा विघटन गरेको बताए ।

संविधानको धारा ७६ को उपधारा (५) अनुसार सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको बताए ।

सभापति देउवाले राष्ट्रपतिले सांसदको समर्थन छ कि छैन भन्ने भेरिफाइ नगरेकोमा असन्तुष्टि जनाएका छन् ।

‘बरू राष्ट्रपतिले भेरिफाइ गरेको भए हुन्थ्यो’, उनले भने, ‘सांसद बोलाएको भए पनि हुन्थ्यो ।’

‘राति विघटन गर्नुभयो’, देउवाले भने, ‘राष्ट्रपतिजस्तो व्यक्तिले यसरी प्रधानमन्त्रीले भन्दैमा संविधानको ठाडो उलंघन गर्नुभएको छ ।’

संविधानमाथि हस्तक्षेप भएको र राजनीतिक संकट आइपरेकोले आफू अदालत गएको देउवाले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

विश्वासको मत नलिएका ओलीले पदबाट राजीनामा पनि दिएका थिएनन् । ओलीले कुनै पनि संवैधानिक प्रक्रिया पूरा नगरेर शुक्रबार पुनः प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

ओलीको प्रधानमन्त्री कुर्सी बचाइदिन भण्डारीले प्रधानमन्त्रीमा दाबी नपुगेको बहाना बनाएर प्रतिनिधि सभा मध्यराति विघटन गरेकी थिइन् ।

यसैबीच, सभापति देउवाले पुराना महाधिवेशन प्रतिनिधिबाट महाधिवेशन गर्दा नयाँ क्रियाशील सदस्य रिसाउने बताएका छन् ।

‘रामचन्द्र पौडेलजीले पार्टी अधिवेशनको कुरा गर्नुभएको छ’, उनले भने, ‘अधिवेशन गरेन भन्ने कलंक म व्यहोर्न चाहन्नँ ।’

‘म तपाईंसँगै जेलमा पनि बसेको हुँ । कसरी महाधिवेशन गर्ने छलफल गरौं भनेकै छु’, उनले भने, ‘सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो ।’

सभापति देउवाले कोरोना महामारीबीच पनि महाधिवेशन गर्ने बाटो खोजी गर्नुपर्ने बताएका छन् ।

‘कोरोना आयो त के गर्ने ?’, देउवाले भने, ‘यस्तो बेला भेला गरेर मानिस मर्न सक्छन् ।’

‘वास्तवमा मलाई रहर पनि छैन’, देउवाले भने, ‘कोरोना छ यस्तो बेला महाधिवेशन कसरी गर्ने निकास खोजौं भनेको छु ।’

कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा गर्ने घोषणा गरेको थियो ।

सभापति देउवाले आफूले सर्वोच्चमा रिट दिएकोले प्रतिनिधि सभा पुनर्स्थापना नहुञ्जेल त्यसैमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

‘प्रविधि प्रयोग गर्न सकिन्छ भन्नेछ । अनलाइनबाट नै महाधिवेशन गर्न सकिन्छ भन्ने पनि छ’, उनले भनेका छन् ।

नेता रामचन्द्र पौडेलले २०७२ सालमा भएको १३औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने प्रस्ताव गरेका छन् ।

उनले अहिले जति क्रियाशील सदस्य छन् तिनैबाट पनि महाधिवेशन गर्न सकिने बताए ।

पार्टी विधानअनुसार केन्द्रीय समिति निर्वाचनबाट चयन भएर आउनुपर्ने भएको पौडेलले बताएका छन् ।

‘कि एक वर्षे कार्यकालका लागि महाधिवेशन गरौं’, पौडेलले भने, ‘पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि महाधिवेशन गर्न सकिन्छ ।’

Published : Thursday, 2021 May 27, 4:33 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया