संसद विघटनवाला रिट बिहीबार र शुक्रबार पेशी हुने, बालुवाटारको धड्कन बड्यो

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिट निवेदनको पेशी बिहीबार र शुक्रबारका लागि तोकेको छ ।

सर्वोच्चले १९ वटा रिटको पेशी बिहीबारका लागि तोकेको छ । ११ रिटको पेशी शुक्रबार हुनेछ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार शुक्रबार राष्ट्रपतिसमक्ष नयाँ सरकारको दाबी गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुबैको पक्षबाट सर्वोच्चमा आफूलाई नै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै रिट दायर गरेका छन् ।

२६ मध्ये एउटा नेपाली कांग्रेसलगायत पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै दायर गरेको रिट छ ।

सर्वोच्चले बिहीबार शुक्रबार रिटहरूलाई पेशी तोकेपछि बालुवाटारको धड्कन बढ्न शुरु भएको छ ।

Published : Tuesday, 2021 May 25, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया