‘बा’का मगन्ते कम्युनिस्ट सन्तानहरूले बल्ल भेटे गगनको जवाफ, ठहरै भए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले राज्यको एकपैसा नलिएर आफ्नै पैसाले बाख्रापालन गरेको बताएका छन् ।

सोमबार राति ‘जनता जान्न चाहन्छ’ टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा थापाले ३–४ जना साथी मिलेर आफ्नै पैसामा गरेको बाख्रापालनको इलमलाई ‘बा’सँग पैसा मागेर खाने कम्युनिस्टले अनावश्यक बदनाम गर्ने प्रयास गरेको बताए ।

‘यी मागेर खानेले उद्यमीको कुरा बुझ्दै बुझ्दैनन् । मैले समस्या बुझ्छु’, थापाले भने, ‘माथिदेखि तलसम्म बा–बा भनेको छ, मागेको छ । सबै मागेर खानेहरूले यी मगन्तेहरूले यी कुरा बुझ्दैन । यीहरूसँग मलाई दया लाग्छ ।’

‘म कहिँ कतै चुकेको हो भने मलाई पाता कसेर कहाँ कहाँ लगेर राख्थे होला ? तपाईले अनुमान लगाउन सक्नु हुन्छ’, कांग्रेस नेता थापाले भनेका छन् ।

‘नेपालको एकथरी कम्युनिस्टको बडो रमाइलो हुँदो रहेछ । मैले १७–१८ वर्षको उमेरदेखि विभिन्न काम गर्दै आउने क्रममा मैले एउटा काम गरेर, कृषि इलमको काम गरेँ’, उनले भने, ‘असफल भएँ । मेरै खल्तीको पैसा राखेर गरेँ ।’

उनले भने, ‘राज्यको ढुकुटीबाट एकसुक्का पनि लिएको छैन । सुक्का पनि लिएको छैन । मेरै खल्तीको पैसा राखेर गरेँ ।’

‘मेरो खल्तीको पैसा राखेर गरेको इलम डुब्यो । इमल गर्ने मान्छेलाई थाहा हुन्छ । कहिले डुबिन्छ, कहिले अगाडि बडिन्छ, मेरो कति सफल भए, कति असफल भए’, थापाले कम्युनिस्टहरूलाई जवाफ दिँदै भनेका छन् ।

‘इलम नगर्ने मान्छेहरूले चाहिँ बुझ्दैन । इलम भनेको के हो बुझ्दैन । उद्यम भनेको के हो बुझ्दैन’, उनले कम्युनिस्टप्रति प्रश्न गर्दै भने, ‘यो मलाई बारम्बार आइरने प्रश्न हो । त्यो प्रश्न के हो ? मैले केही काम गरेँ भने तिम्रो चित्त दुःखाइ हो की ?’

‘मैले राज्यको ढुकुटीबाट एकसुक्का लिएको छैन भन्ने कुरा त्यो मन्त्रालय छ, त्यहिँ छ कागजात’, थापाले भने, ‘तिमीहरूसँग नै छ प्रहरी, अड्डा, अदालत, अख्तियार सबै तिम्रै छ । तिम्रै ‘बा’को छ । तिम्रै आफ्नै छ यो बेलामा । जाउ खोज छानविन गरे । सबैलाई थाहा छ नि त ?’

‘यो प्रश्न बारबार, मलाई रमाइलो लाग्छ आज भोलि । तपाईले सोधी हाल्नुभयो, नत्र यो विषयमा म प्रवेश नै गर्दिन’, कांग्रेस नेता थापाले भने, ‘यी घर बसेर नेताले दिएको हण्डी खानेहरूलाई के लाग्छ भने, कहिले पनि बुझ्दैनन् ।’

‘म १६ वर्षको थिएँ होला, त्यस बेलादेखि काम गर्न शुरु गरेको, ट्युसन पढाउने काम, रेडियोमा कार्यक्रम चलाउने काम, टेलिभिजनमा चलाउने काम, ट्युसन सेन्टर खोल्ने काम, मिडियो इन्स्च्युट खोल्ने काम, सबै कुरा गरेर कहिले सफल भएको, कहिले कम्पनी ठूलो बनाएर बेचेको, कृषि उद्यममा पनि केही सफल भएको शुरुमा पछि नराम्रोसँग डुबेको, ३–४ जना साथी नराम्रोसँग चुर्लुम्म डुबेको, त्यो डुबेर सिकेको’, उनले भने, ‘अहिले आएर कचकच गर्छ ।’

‘यत्रो दिनसम्म साँच्चिकै बाख्रापालन गरेर सरकारको अनुदान ल्याएर तलमाथि गरेको भए केसम्म गरिसक्थे ? कृषिमन्त्री घनश्याम भुसाल हुनुहुन्थ्यो । खोइ ? अहिले को हुनुहुन्छ, पदमा अर्याल हुनुहुन्छ कि को हुनुहुन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘यत्रो मान्छे हुनुहुन्छ उनीहरू आएर खोजेर मेरो के–के निकाल्थे होला बाहिर ? सामाजिक सञ्जालमा मेरो के–के राख्थे होलान् ? मलाई आज कहाँ–कहाँ पु¥याउँथे होलान् ? के–के गरिसक्थे होला अनुमान लगाउनुस् न ।’

थापाले भने, ‘त्यसैले साथीहरूलाई के भन्ने गरेको छु भने मैले बाख्रा तेरो कहाँ गयोभन्दा, मैले केहीलाई हेकुला बनाएर खाएँ, केहीलाई मैले बेचे, केहीलाई मैले बाँडे, केहीलाई मैले तारेर खाएँ, केहीलाई मैले भुटेर खाएँ, जे गरेँ, मैले गरे, मेरो थियो, मैले गरेँ, मेरो इच्छाको कुरा भयो ।’

‘बारम्बार यो कुरा, मैले देखेको छु, थाहा पाउँछु नि । यिनीहरू तथ्यहरू समातेर कुरा गर्न नसक्ने मान्छे रहेछन् भनेर दया लाग्छ’, उनले भनेका छन् ।

‘कांग्रेस पार्टीले आफ्ना कार्यकर्तालाई उद्यम, इलाम गर्छन्’, थापाले भने, ‘यी मागेर खाने, राज्यको स्रोतबाट दोहोन गरेर खाने, विभिन्न नक्कली संघसंस्था बनाएर चलाएर खाने बानी परेकोलाई बुझ्दै बुझ्दैनन् ।’

कांग्रेस नेता थापालाई कम्युनिस्टहरूले बाख्रापालनका विषयमा जथाभावी टिप्पणी गरेर आलोचना गरेपछि बाख्रापालनको व्यवसाय आफ्नै लगानीमा साथीहरूसँग मिलेर गरेको र राज्यको एकपैसा पनि नलिएको बताएका छन् ।

Published : Tuesday, 2021 May 25, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया