भारतीय दूतावासबाट निस्किएर ठाकुर–महतो राति बालुवाटार छिरे

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।

शनिबार राति ठाकुर–महतोले ओलीसँग बालुवाटारमा भेट गरेका हुन् । भेटमा सरकारमा सहभागिताका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

ओलीसँग ठाकुर–महतोले विदेशी नागरिकका सन्तानलाई वशंजको आधारमा आमा वा बुबाको नामबाट नागरिकता दिने विषयमा अध्यादेश ल्याउनेबारेमा छलफल भएको स्रोतले दाबी गरेको छ ।

ठाकुर–महतोले ओलीसँग नागरिकतासम्बन्धी विधेयक अध्यादेशबाट जारी गरेपछि सरकारमा सहभागी हुने सर्त राखेको समाचार बाहिर आइसकेका छन् । ठाकुर–महतोले ओलीसँग दश वटा मन्त्रालय मागेका छन् । तर, ओलीले ठाकुर–महतोलाई उप–प्रधानसहित ८ वटा मन्त्रालय दिन तयार भएको चर्चा पनि छ ।

ओलीसँग भेट गर्न जानुभन्दा पहिला ठाकुर–महतो भारतीय राजदूतावासमा गएका थिए । उनीहरू शनिबार दिउँसो भारतीय दूतावासमा गएको उच्च स्रोतले जनाएको छ ।

ठाकुर–महतो भारतीय राजदूतावासमा किन गएका हुन् खलेको छैन ।

Published : Saturday, 2021 May 22, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया