कांग्रेस र देउवाको पर्खाल बनेर उभिए गगन, बालुवाटारको हाँसो गायब, कांग्रेसले दियो एकताको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई कडा जवाफ दिएर हेरेको हेर बनाएका छन् ।

शनिबार साँझ ट्वीट गर्दै थापाले राष्ट्रपति भण्डारीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले ‘तिमी’ भनेर सम्बोधन गरेकोमा चित्त दुखाएको भन्दै बिचार भनेका छन् ।

ओलीले बालुवाटारमा शनिबार आयोजित एउटा कार्यक्रममा कांग्रेस सभापति देउवालाई अपमानित हुने गरेर अभिव्यक्ति दिएका थिए । ओलीले भण्डारीलाई ‘तिमी’ भनेर प्रेस विज्ञप्तिमा अनादर र अपमान गरेको भन्दै देउवाको आलोचना गरेका थिए । देउवालाई लोकतन्त्र र गणतन्त्र विरोधसम्म भन्न भ्याएका थिए ।

जवाफमा युवा नेता थापाले ओलीलाई जवाफ दिँदै राष्ट्रपति भण्डारीलाई ‘तिमी’ भन्ने अवस्थामा कसले ओरालेको हो भनेर प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड’, थापाले ट्वीट गर्दै भने, ‘सम्माननीय राष्ट्रपतिबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ?’

‘आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो’, कांग्रेस नेता थापाले भनेका छन् ।

कांग्रेस पार्टी र सभापति देउवामाथि ओलीले बालुवाटारबाट अपमान हुने गरेर अभिव्यक्ति दिएपछि युवा नेता थापा कांग्रेस र सभापति देउवाको बचाउमा सगरमाथा जस्तै पर्खाल बनेर उभिएका छन् ।

भण्डारी र ओलीलाई राम्रैसँग पाठ सिकाएका छन् । थापाले आफ्नो गरिमा आफै घटाउने काम ओली र भण्डारीले गरेको भनेर सन्देश दिएका छन् ।

Published : Saturday, 2021 May 22, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया