कांग्रेसले बोलायो आकस्मिक बैठक, ओली–भण्डारीको भण्डाफोर गर्ने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघठन गरेपछिको अवस्थाका बारेमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन् ।

काठमडौंको बुढानिकलण्ठस्थित देउवा निवासमा ९ बजे बैठक बस्ने सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘संसद विघठन भएको छ । संविधानलाई मिच्ने काम भएको छ । यही विषयमा छलफल गर्न बैठक बस्न लागेको छ ।’

कांग्रेस नेताहरूले ओली–भण्डारीको कदमको विरोध गरिरहेका छन् । ओलीले आफूलाई प्रधानमन्त्री पद नआउने देखेपछि संसद भङ्ग गरेका छन् । ओलीलाई भण्डारीले साथ दिएकी छिन् ।

Published : Saturday, 2021 May 22, 8:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया