ओली र भण्डारीद्वारा फेरि संसद विघठन, सबैलाई जिल पारे

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गरेकी छिन् ।

शुक्रबार मध्यराति भण्डारीले विज्ञप्ति जारी गरेर संसद भङ्ग गर्दै दुई चरणको निर्वाचन घोषणा गरेकी हुन् ।

भण्डारीले योसँगै दोस्रो पटक संसद भङ्ग गरेकी हुन् । यसअघि भण्डारीले गरेको संसद विघठनलाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएका थियो ।

भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छिन् ।

मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घण्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति जारी गरेको छ ।

ओलीले संविधानको धारा ७६–५ अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६–७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए ।

संविधानको धारा ७६–७ बमोजिम प्रतिनिधिसभा विघटन गर्न र अर्को प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन २०७७ कात्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते शुक्रबार सम्पन्न हुने गरी मिति तोक्न मन्त्रिपरिषदबाट निर्णय भई सिफारिस गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2021 May 22, 6:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया