ओली समूहको अर्को भण्डाफोर, देउवाको सूचीमा योगेश–जयकुमारको नाम छैन, स्यालहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबीसहित बुझाएको हस्ताक्षरमा एमालेका दुई सांसदको नाम नरहेको खुलासा भएको छ ।

एमालेका वरिष्ठ नेता माधव नेपाल निकट मानिने सांसद विरोध खतिवडाले एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा शुक्रबार साँझ योगेश भट्टराई र जयकुमार राईको नाम नरहेको बताए ।

खतिवडाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति कार्यालयमा बुझाएको हस्ताक्षरको सूचीमा सांसदद्वय योगेश भट्टराई र जयकुमार राईको नाम नरहेको बताएका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली समूहले देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका योगेश भट्टराई र जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भनेर प्रचार प्रसार गरेका थिए ।

ओली समूहले धेरै बबण्डर गरेपछि नेपाल समूहका सांसद खतिवडाले सबै भ्रमहरूको खण्डन गरेका छन् ।

Published : Friday, 2021 May 21, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया