ओली-ठाकुरको पत्रले बाटो बिरायो

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद सचिवालयमा पठाउनुपर्ने पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएका छन् ।

आफ्नो पार्टीका सांसदलाई कारबाही वा अन्य यस्तै निर्णय भएमा संसद सचिवालयमा जानकारी गराउनुपर्छ । तर, ओलीले संसद सचिवालयमा पठाउनुपर्ने पत्र शीतल निवासमा पठाएर सबैलाई चकित तुल्याएका छन् ।

एमालेका अध्यक्ष ओली र जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर–राजेन्द्र महतो समूहले शुक्रबार राष्ट्रपति भण्डारीलाई पत्र पठाएर व्यक्तिगतरुपमा आएका हस्ताक्षरलाई मान्यता नदिन भनेका हुन् ।

ओली र ठाकुर–महतोले कांग्रेसका सभापत शेरबहादुर देउवालाई समर्थन गरेका सांसदहरूले हस्ताक्षर गरेको निर्णयलाई मान्यता नदिन भनेर पत्र पठाएको स्रोतका भनाइ छ ।

राष्ट्रपति भण्डारीले दुवै पत्रको अध्ययन गरेर निर्णय लिइने विपक्षी गठबन्धनलाई जवाफ दिएकी छिन् । माधव नेपाल समूहका २६ र उपेन्द्र यादवका १२ सांसदले देउवालाई समर्थन गरेका छन् ।

Published : Friday, 2021 May 21, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया