विपक्षी दलहरूलाई कुराएर भण्डारीद्वारा ओलीसँग भेटवार्ता

काठमाडौं । विपक्षी दलका नेताहरूले नयाँ सरकारमा दाबी गर्न शीतल निवासमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधव नेपाल समूहले नयाँ सरकार बनाउन दाबी गर्न शीतल निवास पुगेका बेला ओलीले भण्डारीलाई भेट गरिरहेका थिए ।

विपक्षी दलका नेताहरू राष्ट्रपतिलाई भेट्न गएका बेला प्रतिपक्षा दलका नेताहरूलाई पर्खाएर ओलीलाई भण्डारीले भेटेकी हुन् ।

ओली बाहिरिएपछि विपक्षी दलका नेताहरूसँग भेट गरेकी छिन् । ओलीले आचनक भण्डारीलाई किन भेट गरेका हुन् केही भनिएको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधव नेपालसहितका शीर्ष नेताहरू शीतल निवास पुगेका छन् ।

ओलीले भण्डारीलाई भेट्नुलाई रहस्याका रुपमा हेरिएको छ । ओलीले विपक्षी दलले भेट्नभन्दा अगाडिनै राष्ट्रपति भण्डारीलाई भेटेका छन् ।

Published : Friday, 2021 May 21, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया