अधिनायकवादी ओली शासन ढल्ने पक्का, नेताहरू शीतल निवासमा, १४९ सांसदको समर्थन

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले नयाँ प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरूको बैठकपछि नयाँ सरकारमा दाबी गर्न शीतल निवास गएका हुन् ।

कांग्रेससहितका दलहरूको १४९ सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा एमालेका माधव नेपाल समूहका २७ सांसदको पनि हस्ताक्षर रहेको छ ।

हस्ताक्षर गरेर गए पनि दलका नेताहरूले कसलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् केही भनिएको छैन । प्रचण्डले केही समयमा सबै कुरा थाहा हुने बताएका छन् ।

हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम समूहका १३ जना छन् ।

नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ ।

Published : Friday, 2021 May 21, 3:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया