स्वाद वा सुँघ्ने शक्ति कम भयो भने कोरोनाको लक्षणः डा.पुन

काठमाडौं । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले गर्मीका मनसुन भएकाेले ज्वरो आउँदैमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नहुने बताएका छन् ।

डा.पुनले शुक्रबार ट्वीट गर्दै कोभिड–१९ मा ज्वरो अनिवार्य नरहेको बताए । उनले स्वाद वा सुँघ्ने शक्तिमा अचानक ह्रास वा कमी भएमा त्यो कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण हुन सक्ने उल्लेख गरेका छन् ।

‘कोभिड–१९ मा ज्वरो अनिवार्य छैन । भए पनि गर्मी र मनसुनको समय भएकोले डेंगु, टाइफाइड, स्क्रब टाइफस जस्ता मौसमी रोगहरू पनि हुन सक्दछ’, डा.पुनले भने, ‘तर स्वाद वा सुँघ्ने शक्तिमा अचानक ह्रस(कमी) आएमा भने त्यो कोभिड–१९ को लक्षण हुन सक्दछ ।’

उनले सबैलाई सजक र सतर्कता अपनाउन अपील गरेका छन् ।

काठमाडौं उपत्यकामा कोभिड–१९ का संक्रमितहरू दिनदिन थपिदै गएका बेला डा.पुनले सतर्क रहन आग्रह गरेका हुन् ।

Published : Friday, 2020 July 3, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया