योग गुरु रामदेवले दिए कोरोनासंग लड्ने आयुर्वेदिक औषधि

नयाँदिल्ली । कोरोना भाइरसको संक्रमणबाट बच्न गुर्जोको रस पिउँदा फाइदा हुने भारतीय योग गुरु बाबा रामदेवले बताएका छन् ।

रामदेवले झारखण्ड राज्यको एउटा कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् ।

गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने सल्लाह दिएका छन् ।

रामदेवले घरेलु उपचार पद्धतिले कोरोना भाइरसको संक्रमण नहुने दाबी गरेका छन् ।

‘नियमित योग र आयुर्वेद चिकित्सा पद्धतिको माध्यमले हामी कोरोना भाइरससँग लड्न सक्छौँ’, उनले भनेका छन्, ‘योग र पाँच औषधियुक्त सामग्री प्रयोग गर्दा सधैँका लागि कोरोना भाग्छ ।’

रामदेवले भस्त्रीका, कपालभाती र अनुमोल विलोम, प्राणायम र हल्दी, मरिज, गुर्जो, अदुवा र तुलसीको रस बनाएर नियमित खाए कोरोना भाइरसको संक्रमणले नछुने दाबी गरेका छन् । उनले यसलाई बिहान बेलुका खान पनि भनेका छन् ।

कोरोना लागेका मानिसले पनि यी औषधिको रस खाएमा आराम मिल्ने उनले बताएका छन् । उनले कसैलाई पनि आतंकित नहुन सल्लाह दिएका छन् । साथै रामदेवले अन्य दुर्व्यसनबाट पनि मुक्त रहन सबैलाई आह्वान गरेका छन् ।

गुर्जो नेपालमा पनि पाइन्छ । वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकहरूले यसमा रोगसँग लड्न प्रतिरोध क्षमता बढाउन धेरै मद्दत गर्ने बताएका छन् ।

रोगसँग लड्न प्रतिरोध क्षमता बढाउने भएकाले गुर्जोको सेवन गर्ने सल्लाह आयुर्वेदिक चिकित्सक दिँदै आएका छन् ।

गाउँघरमा गुर्जोको नामले चिनिन्छ । यो एक प्रकारको लहरा हो । नेपालमा यसलाई पहिला ज्वरो, रुघाखोकी, चिसो र बाथ रोगको उपचारमा प्रयोग हुँदै आएको छ ।

विभिन्न खाले एलर्जी, छालाको रोग र पेटका रोगको उपचारका लागि पनि यसको प्रयोग हुँदै आएको छ । यसको प्रयोग मधुमेहको उपचारका लागि पनि प्रयोग गर्ने गरेको आयुर्वेदिक चिकित्सक बताउछन् ।

गुर्जोको लहरा दुई वर्षपछि मात्र प्रयोग गर्न मिल्छ । लहरालाई ५–७ सेन्टिमिटर लामा हुनेगरी काट्नु पर्छ । साना टुक्रालाई फेरि चार फ्याक गरेर काटेर सुकाइन्छ ।

यसलाई मुग्रोले थिचेर पनि राखिन्छ । एक हप्ता जति घाममा राम्ररी सुकाएपछि प्रयोग गर्न मिल्छ । यसको भण्डारण गरेरपछि पनि प्रयोग गर्न मिल्छ ।

Published : Sunday, 2020 March 29, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया