यी नेपाली गायिकाप्रति हुरुक्कै बने नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली गायिका सरस्वती खत्रीद्वारा स्वरबद्ध ‘वैष्णव जन’ बोलको भजन गीतको प्रशंसा गरेका छन् ।

नेपाल र नेपालीका बारेमा बेलाबेला ट्वीट गरेर चर्चामा आउने गरेका मोदीले फेरि एक पटक नेपालीहरूको मन आफूतिर तान्ने प्रयास गरेका छन् ।

नेपालका लागि भारतीय राजदूतावासको सहयोग र कन्सेप्टमा तयार भएको भजनमा नेपाली गायिका खत्रीले स्वर दिएकी छिन् । भजनको भिडियोको छायाँकन र सम्पादन बालकृष्ण वंशीले गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले सोमबार सो भजनलाई ट्वीट गरेका छन् । उनले भनेका छन्, ‘गान्धीजीको प्रिय भजन ‘वैष्णव जन’ सुरसुधा सांगीतिक समूह नेपालकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो नेपाल भ्रमणको स्मृतिहरू ताजा भएको छ । ‘पीर पराई जाने रे’ भजनले भारत र नेपालको सभ्यतामा निहीत मूल्यलाई प्रतिबिम्बित गर्दछ ।’

मोदीका अनुसार यो भजनलाई महात्मा गान्धीले समेत मन पराउँथे । गान्धीले मन पराउने सो भजन नेपाली गायिकाले गाउँदा आफू प्रन्न भएको मोदीको ट्वीटमा उल्लेख छ ।

गायिका खत्रीको स्वर रहेको यो भजनलाई मोदीले आफ्नै युट्युब च्यानलमा राखेर सोमबार साँझ रिलिज पनि गरेका छन् ।

Published : Monday, 2018 October 22, 9:24 pm

1 प्रतिकृया प्राप्त “यी नेपाली गायिकाप्रति हुरुक्कै बने नरेन्द्र मोदी”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया