प्रधामन्त्री ओलीको घर रहेकै नगरपालिकाका मेयरमाथि आक्रमण

काठमाडौं । भक्तपुर जिल्लास्थित मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई दुईजनाको अपरिचित समूहले आक्रमण गरेको छ ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली निकट मानिने मेयर श्रेष्ठलाई कसले आक्रमण गरेको खुल्न सकेको छैन ।

गठ्ठाघरस्थित आफ्नै निवास प्रवेश गर्ने बेला नचिनेका दुईजनाको समूहले सांघातिक आक्रमण गरेको हो । आक्रमणबाट मेयर श्रेष्ठलाई चोट लागेको छ । आक्रमणबाट उनको गाडीमा पनि क्षति पुगेको छ ।

घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएको छ । उनी चढेको बा ८ च ८७२० नम्बरको कार समेत तोडफोड भएको छ । कारका सिसाहरु फुटेका छन् ।

मध्यपुर नगरपालिका एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको निवास रहेको नगरपालिका हो । ओलीको निवास बालकोटमा पर्छ ।

स्रोतका अनुसार मेयर श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

Published : Saturday, 2018 April 21, 8:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया