हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक
काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ ।
श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको ६७ वर्षको उमेरमा सोमबार राति करिव ११ बजे अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित यशोदाको हरिसिद्धिको क्यान्सर अस्पतालमा निधन भएको वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले जानकारी दिए । यशोदालाई आन्द्रा, फोक्सो र मेरुदण्डको समस्या थियो ।
२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तरजातीय विवाह गरेका थिए । यशोदाका उनयमन र सरना दुई सन्तान छन् ।
श्रेष्ठलाई पत्नी शोक परेको खबर थाहा पाएपछि शुभेच्छुक, आफन्त र कलाकारहरू बिहानैदेखि अस्पतालमा जम्मा भएका छन् । श्रेष्ठकी पत्नी यशोदाको मंगलबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने आचार्यले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत