प्रहरीको पत्र छल्दै कीर्तेकाण्डका अभियुक्त सिलवालले नेपाल छाडे

काठमाडौं । काठमाडौं प्रहरी परिसरले पूर्व डीआईजी तथा एमालेका नवनिर्वाचित सांसद नवराज सिलवाललाई कीर्ति काण्डमा बयानका लागि उपस्थित हुन निर्देशन दिँदै पत्र काटेको छ ।
काठमाडौं प्रहरीले महानगरीय प्रहरी परिसर ललितपुरलाई कीर्ति काण्डका अभियुक्त सिलवाललाई उपस्थित गराउन भन्दै पत्राचार गरेको हो । पूर्व डिआइजी सिलवाल भने बयान छल्न सोमबार बेलुका विदेश गएका छन् ।
मलेसियाको क्वालालम्पुरमा हुने एक कार्यक्रममा भाग लिने भन्दै पूर्व डिआईजी सिलवाल पत्र बुझ्नुभन्दा एक दिन अगाडि नै त्यसतर्फ प्रथान गरेको स्रोतले जनाएको छ । मलेसिया गएका सिलवाल कहिले फर्कने हुन् केही बताइएको छैन ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले सूचना चुहाएका कारण सिलवाल सोमबार साँझ मलेसिया प्रस्थान गरेको उच्च स्रोतले जनाएको छ ।
सिलवाललाई कारबाही गर्न एसएसपी धानुकले अटेर गरेपछि उनलाई हटाएर काठमाडौं प्रहरीमा नयाँ एसएसपीलाई पठाउने तयारी गरेपछि बाध्य भएर धानुकले पत्र काटेका हुन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार कार्य सम्पादन मूल्यांकन कीर्तेकाण्डसम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने भएकाले सिलवाललाई उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्राचार गरिएको हो ।
सर्वोच्च अदालतले कार्य सम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारलाई भनेको थियो । सोही अनुसार प्रहरीले यस सम्बन्धमा छानविन अघि बढाएको छ ।
सिलवाल पनि मुछिएकाले उनलाई बयानका लागि बोलाइएको प्रहरीले जानकारी दिएको छ । ललितपुरमा रहने भएकाले सिलवाललाई काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन पत्राचार गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत