एमालेका उम्मेदवारको घरमा बम विष्फोट

वीरगञ्ज । पर्सा जिल्लामा एमालेका उम्मेदवारको घरमा अपरिचित समूहले बम प्रहार गरेको छ ।
पर्सा क्षेत्र नं २ ‘क’बाट प्रदेशसभातर्फका उम्मेदवार रामचन्द्र साह तेलीको घरमा मंगलबार साँझ सवा सात बजे बम प्रहार भएको हो ।
वीरगञ्जज– १० रानीघाट कुमारीमाई टोलस्थित उनको घरमा बम प्रहार भएको हो । बम प्रहार भएपछि वीरगञ्जबासी त्रसित बनेका छन्।
वाम गठबन्धनका साझा उम्मेदवार तेली पछिल्लो सविधानसभामा समानुपातिकबाट सभासद् थिए । घरको पहिलो तल्लाको झ्यालमा बम पड्केको उनका छोरा दीपक साह तेलीले बताए ।
त्यसबेला साह भने एमाले नेता विचारी यादवको छोराको विहेमा श्रीपुर गएका थिए ।
सकेट बम घरको झयालबाट फलिएको हुन सक्ने छिमेकीले अनुमान गरेका छन् । विष्फोटबाट घरको पूर्वपट्टीको झ्यालको सिसा मात्र फुटेको तर कुनै पनि किसिमको मानवीय क्षति नभएको परिवारजनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत