प्रताप दासको पक्षमा माहोल तात्तियो

काठमाडौं । नेपाल आइडल २०१७ को ग्राण्ड फिनाले हुँदै गर्दा तीन प्रतिस्पर्धीमध्ये प्रताप दासको पक्षमा एकाएक माहोल बन्दै गएको दाबी गरिएको छ ।

नेपाल आइडलको प्रतियोगी दासलाई जिताउन राजधानीसहित देशका विभिन्न जिल्लाहरूमा अभियानै चलेको हो ।

दसको पक्षमा अभियान चलाएका गायक मोहान नेपालले भने, ‘प्रताप दासले जित्ने सम्भावना निकै देखेको छु’, उनले भने, ‘स्वदेश र विदेशमा प्रतापको पक्षमा अलिक धेरै माहोल बनेको देखेको छु ।’

अर्का समर्थक एवम् ललितपुर कांग्रेसका जिल्ला सदस्य मीनकृष्ण महर्जनले नेपाल आइडल २०१७ प्रताप दासले नै जित्ने दाबी गरे ।

‘प्रतापको पक्षमा भोटिङ गर्न क्याम्पेनिङ नै चलाएका छौँ’, उनले भने, ‘अहिलेसम्म प्रतापदासले सबैको माया पाउनु भएको छ ।’
नेपाल आइडलमा तीन प्रतिस्पर्धीमा प्रताप दासका साथै निशान भट्टराई र बुद्ध लामा पनि रहेका छन् ।

Published : Wednesday, 2017 September 20, 10:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया