अर्कैसँग प्रेम भएपछि गायिका अमात्यले गरिन् डिभोर्स

काठमाडौं । गायिका मिलन अमात्य र उनका श्रीमान मेन्सन अमात्यबीच डिर्भोस भएको छ ।

मिलन र मेन्सनबीच खट्पट उत्पन्न भएपछि उनीहरू काठमाडौं जिल्ला अदालतमा पुगेर डिर्भोस गरेका हुन् ।

मिलनले परपुरुषसँग प्रेससम्बन्ध राखेको आरोपमा पति मेन्सनले चर्को असन्तुष्टि जनाउँदै आएका थिए । स्रोतका अनुसार मिलन र गायक दीपक लिम्बुबीच प्रेमसम्बन्ध रहेको बताइन्छ ।

गायिका मिलनसँग डिर्भोस भएको उनका श्रीमान मेन्सनले प्रतिक्रिया दिएका छन् । यो जोडीको बच्चा भने भएको छैन ।

डिर्भोसका लागि उनीहरूले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । मेन्सन व्यापारी हुन् । मिलन गायन क्षेत्रमा प्रवेश गरेकोमा मेन्सनलाई चित्त बुझेको थिएन । उनीहरूको ६ वर्षअघि विवाह भएको थियो ।

मिलन अमात्यले ‘गाला रात्तै…’, ‘स्लोली स्लोली…’ लगायतका थुप्रै राम्रा गीतहरू गाएकी छिन् ।

Published : Tuesday, 2017 September 19, 7:15 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया