देउवा-गच्छदारबीच वार्ता, छिट्टै हुनेछ विशेष निर्णय

विराटनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न कांग्रेसले विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन् ।

विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोप लगाए ।

गच्छदारले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख–उपसभामुख अलग–अलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्था भएको भन्दै अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको बताए ।

वर्तमान कामु प्रधानन्यायाधीश ३० वर्ष न्याय क्षेत्रमा काम गर्दा दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र छानबिन नहुनु अहिले प्रमाणपत्रको छानबिन गरिनु गलत भएको बताउँदै कसैबाट पनि स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरिएको बताए ।

नेता गच्छदारले आगामी महासमिति बैठक अगाडि मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) र कांग्रेसबीच केन्द्रदेखि वडासम्म नेता र कार्यकर्ताको समायोजन हुने बताए ।

उनले यस सम्बन्धमा सोमबार नै कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच सहमति कायम भएको जानकारी दिए ।

Published : Tuesday, 2018 July 31, 6:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया