बिपी भुलेर कांग्रेस बिचलित हुँदै छ : सिंह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले कांग्रेसको अहिलेको नेतृत्व बिपीको समाजवादी बिचारबाट बिचलित भएको आरोप लगाएका छन् ।

बिपी जयन्तीका अवसरमा नेपाल दरुण दलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेस नेतृत्व पछिल्लो समयमा बिचलित हुँदै गएको बताए ।

‘कांग्रेस अहिले विधि, प्रक्रिया र संस्थापक नेताहरूले देखाएको आदर्शभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिका लागि जे सुकै गरेर अगाडि बढेको छ’, उनले भने, ‘नेतृत्वको कारण कांग्रेस कमजोर हुँदै गएको छ ।’

उनले कांग्रेस केन्द्रीय तह नै विधि सम्मत चल्न नसकेको आरोप लगाए । ‘नेतृत्व नै विधि सम्म नचलेपछि जिल्ला, क्षेत्र, गाउँ र वडा तह कसरी मजबुद हुन सक्छन् ?’, सिंहले भने, ‘कांग्रेस भङ्ग हुने अवस्थामा पुगेको छ । कांग्रेसलाई बचाउन बिपीले अगाडि सारेको समाजवाद र सिद्धान्तलाई अंगिकार गर्नुपर्छ ।’

नेता सिंहले कांग्रेसभित्र अनुशानहिनता बढ्दै गएको पनि बताए । ‘कांग्रेस हुँ भन्नेहरू नै कांग्रेसका उमेदवार हराउन खुल्मखुला लागेका छन्’, उनले भने, ‘नेतृत्वले गुटका नाममा त्यस्ता अन्तरघातीहरूलाई संरक्षण गरेका छन् ।’

Published : Saturday, 2017 September 9, 1:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया