सचिवको सरुवा, २३ उप–सचिवलाई सह–सचिवमा बढुवा

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला मन्त्रालयमा मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

संघीय मामिला मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालयअन्तर्गत सरूवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले न्याय सेवा आयोगको सिफारिस बमोजिम महान्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता गोपालप्रसाद रिजाललाई राजपत्राङ्कित विशेष श्रेणीको नायव महान्यायाधिवक्ता पदमा बढुवा गरिएको छ । रिजाललाई महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि भएको छ ।

बढुवा समितिकै सिफारिस बमोजिम विभिन्न मन्त्रालयअन्तर्गतका विभिन्न सेवा समूह, उप–समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २३ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीको सह–सचिव वा सो सरहको पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा रहेको ४५ रोपनी जमीन प्राप्त गर्न स्वीकृति दिएको छ ।

सरकारले बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिका– १ मा रहेको १४ रोपनी जमीन प्राप्ति गर्न स्वीकृति दिएको छ ।

भारतमा आयोजना हुने नेपाल–भारत विद्युत व्यापार सम्झौताअन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १०औं बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति पाएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

२०७९ फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणको लागि रक्षामन्त्री हरि उप्रेतीलाई भ्रमणमा जान स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोहण गर्दा लाग्ने सलामे दस्तुरलाई छुट गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत १२औं तहका डा.दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फस्र्ट फेस टु फेस मिटिङमा सहभागी हुन स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

Published : Tuesday, 2023 February 7, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया