राप्रपाका अध्यक्ष कांग्रेसमा प्रवेश, गृहमन्त्री खाणद्वारा स्वागत
भैरहवा । नेपाली कांग्रेसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नगर अध्यक्ष प्रवेश गरेका छन् ।
शुक्रबार राप्रपाका सिद्धार्थनगर नगरपालिकाका नगर अध्यक्ष ई.चन्द्रभक्त श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका हुन् । श्रेष्ठलाई गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणले स्वागत गरेका हुन् ।
रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणले राप्रपाका नगर अध्यक्ष श्रेष्ठलाई कांग्रेसको सदस्यता प्रदान गरिएको बताए ।
श्रेष्ठ नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुन् ।
लुम्बिनी विकास कोषमा काम गरेका श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्छन् ।
उनलाई पार्टी प्रवेश गरेलगत्तै रुपन्देही कांग्रेसको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरिएको जिल्ला सभापति खाणले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया