नेविसंघको प्रदर्शनले कम्युनिस्ट सत्ताको मुटु थर्कियो

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले देशका सबै निकायलाई कम्युनिस्टकरण गर्दै लगेको भन्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

कम्युनिस्ट सरकारले मूल्यबृद्धि गरेको बिरोधमा नेविसंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रीय समितिको समन्वयमा प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेता मनोजमणि आचार्य, महामन्त्री कुन्दन काफ्ले लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

बिरोध सभामा नेबिसंघ महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, नवीन राई, नेता दीपक भट्टराई, डुजाङ शेर्पा काठमाडौं सभापति मनोज बैध्य लगायतले सम्बोधन गरेका थिए । उनीहरूले कम्युनिस्ट सरकारको निरंकुशता र अव्यवस्थाविरुद्ध संघर्ष गर्ने चेतावनी दिए ।

कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने माग पनि गरेका थिए ।

उनीहरूले सरकारले महंगी बढाएको भन्दै नियन्त्रणको माग गरे । नेविसंघले द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने माग पनि गरेका छन् ।

Published : Friday, 2018 May 25, 6:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया