अन्तिम दिनसम्म पर्यटन बोर्डको सिइओ बन्न क–कसले दिए आवेदन ?

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नका लागि २० जनाले आवेदन दिएका छन् ।

बोर्डको सिइओ छनोट उपसमितिले सार्वजनिक आवेदन माग गरेको छ । बिहीबार अन्तिम दिनसम्म २० जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेमा पूर्वसिइओहरू दीपकराज जोशी, डा. धनञ्जय रेग्मीले पनि रहेका छन् । डा.रेग्मीको कार्यकाल समाप्त भएपछि बोर्डको सिइओ पद रिक्त छ ।

सिइओमा आवेदन दिनेमा विजय नेपाल, पदम वन, ठाकुर देवकोटा, राजाराम गिरी, राजाराम केसी, ज्ञानेन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, दीपक बास्ताकोटी, चाक्सु मल्ल, कमल दोधारी र रामचन्द्र सेढाईं रहेका छन् ।

प्रमुख कार्यकारी बन्नका लागि बोर्डभित्रबाट वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, लक्ष्मण गौतम, नवीन पोखरेल, श्रद्धा श्रेष्ठ र सन्तोषविक्रम थापाले आवेदन दिएका छन् ।

डा. धनञ्जय रेग्मीको कार्यकाल माघ १६ गते सकिएपछि बोर्ड कार्यकारी प्रमुखविहीन छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बोर्डलाई तहस नहस बनाउनमा ठूलो भूमिका खेलेका छन् ।

आलेले आफू अनुकूलको स्वार्थ बाझिएका निर्णय गराउन दवाव दिनेदेखि, कमिशन लगायतका गतिविधि गरेपछि तत्कालीन सिइओसँग टसल परेको थियो । आलेले समय अवधि नपुग्दै सिइओ हटाउन खोजे पनि सर्वोच्च अदालतले रोकिदिएको थियो ।

Published : Saturday, 2024 April 20, 7:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया