सहकारी ठगीमा छानविन समिति र संसद अबरोधबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा संसदीय छानविन समितिको माग गर्दै आएको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले संसदीय छानविन समितिमा अडान, संसद अबरोध लगायतका विषयमा छलफल गर्न मंगलबार बैठक बोलाएका हुन् ।

संसदीय दलको बैठक बस्नुभन्दा अगाडि संसदीय दल कार्यसमितिको बिहान साढे ७ बजे बैठक बस्नेछ ।

त्यसपछि संसदीय दलको बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

Published : Monday, 2024 April 8, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया