जनमत पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खान दुर्घटनामा घाइते

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष एवम् उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान गाडी दुर्घटनामा घाइते भएका छन् ।

पूर्वमन्त्री समेत रहेका खान सोमबार बिहान धादिङ जिल्लामा दुर्घटनामा परेर घाइते भएको समितिका सचिव प्रदीप नेपालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

बिहान करिब ५ बजे काठमाडौंदेखि बर्दियातर्फ जाने क्रममा धादिङको रोराङ गाउँपालिका– ७ को कृष्णाभिर भन्ने ठाउँमा गाडी दुर्घटना भएको छ ।

सभापति खानसहित गाडी दुर्घटनामा परेकाहरूको काठमाडौंको ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ ।

Published : Monday, 2024 April 8, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया