तरुण दलको नयाँ भवन बनाउन ५ केन्द्रीय सदस्यले दिए १० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल तरुण दलका ५ जना केन्द्रीय सदस्यहरूले नयाँ भवन बनाउनका लागि १० लाखभन्दा धेरै आर्थिक सहयोग गरेका छन् ।

आइतबार काठमाडौंमा अध्यक्ष विद्वान गुरुङलाई ५ जना केन्द्रीय सदस्यहरूले १० लाख ३८ हजार ३ सय २७ रुपियाँ रकम प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष गुरुङले आर्थिक सहयोगलाई सह्रानीय कार्यभन्दै धन्यवाद प्रकट गरेका छन् ।

केन्द्रीय सदस्य रमेश गौतमले २ लाख ६० हजार १ सय ५ रुपियाँ, केन्द्रीय सदस्य नवीन राईले २ लाख ५५ हजार, केन्द्रीय सदस्य सरोजबहादुर शाहीले २ लाख ११ हजार १ सय ११ रुपियाँ, केन्द्रीय सदस्य रत्न महर्जनले २ लाख १ हजार तथा केन्द्रीय सदस्य रीता परियारले १ लाख ११ हजार १ सय ११ रुपियाँ आर्थिक सहयोग गरेको तरुण दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चैत १५ र १६ गते बसेको नेपाल तरुण दलको केन्द्रीय समितिको बैठकबाट पारित तरुण दलको आफ्नै भवन निर्माण गर्ने सम्बन्धमा उक्त भवन निर्माणमा केन्द्रीय सदस्यहरूले आर्थिक सहयोग गरेको अध्यक्ष गुरुङले बताएका छन् ।

काठमाडौंको कालीमाटी नजिकै रविभवनमा रहेको नेपाल तरुण दलको जग्गामा केन्द्रीय कार्यालय बनाउने निर्णय भएको छ । अहिले रहेको भवन निकै जीर्ण छ ।

Published : Monday, 2024 April 8, 8:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया