गृहजिल्लामा कांग्रेस नेता खतिवडाद्वारा एमाले नेता राईलाई भव्य स्वागत, देखाए राजनीतिक संस्कार

ओखलढुङ्गा । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेकपा (एमाले)का नेता शेरधन राईलाई ओखलढुङ्गाको १०औँ जिल्ला सम्मेलनको शुभकामना दिएका छन् ।

आइतबार ओखलढुङ्गामा सभापति खतिवडा र एमालेका नेता राईबीच भेट भएको थियो । भेटमा अधिवेशनको शुभकामना र भावी कार्यकालको सफलताको खतिवडाले कामना गरेका हुन् ।

नेकपा (एमाले) ओखलढुङ्गाको १०औँ सम्मेलनका लागि नेता राई केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छन् ।

सभापति खतिवडाले हरेक पार्टीमा एकले अर्कालाई सम्मान, सत्कार र दिगो विकास निर्माणमा सधैंसँगै रहने प्रण गर्न अनुरोध गरेका छन् । उनले सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्ने भन्दै एमालेका नेता राईलाई मुलुकको विकासको लागि कांग्रेसको सहयोग रहने बताएका छन् ।

एमाले ओखलढुङ्गाको जिल्ला सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न होस् भनेर खतिवडाले शुभकामना दिएका छन् ।

कांग्रेस नेता खतिवडाले ओखलढुङ्गा एमालेको १०औँ जिल्ला अधिवेशन हुन लागेकोमा प्रति खुसी व्यक्त गर्दै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन नेता राईलाई सुझाव दिएका छन् । खतिवडाले राजनीतिक संस्कार देखाउँदै एमालेलाई शुभकामना दिएका छन् ।

कुनै बेला प्रतिनिधि सभाको सुशान समितिको सभापति एमालेका नेता राई थिए । पूर्वमन्त्री तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका राईलाई समितिका सभापति एवम् कांग्रेस नेता खतिवडाले आफ्नो गृहजिल्ला ओखलढुङ्गामा भव्य स्वागत गरेका छन् ।

Published : Sunday, 2024 April 7, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया