गृहमन्त्री लामिछानेको सहकारी ठगी काण्ड र बेथितिविरुद्ध नेविसंघद्वारा राज्यको मुटुमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबारको दक्षिण गेटअगाडि सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
आइतबार बिहान कार्यालय समयमा नेविसंघका नेता कार्यकर्ताले हिम्मत गरेर शानका साथ सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । सरकारले निषेधित क्षेत्र घोषणा गरेको दक्षिण गेटअगाडि नेविसंघले प्रदर्शन गरेपछि कम्युनिस्ट गठबन्धन सरकार आपत्तिएको छ ।
प्रदर्शनमा सहभागी ६ जना नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले काम नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको जनाएको छ ।
प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा पनि माग गरेका छन् ।
नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग समेत गरिरहेका बेला नेविसंघले पनि सिंहदरबार छिर्ने दक्षिण गेटअगाडि प्रदर्शन गरेर दम देखाएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया