राजनीतिक बेइमानी गरेर लुम्बिनी कांग्रेसका सभापतिलाई हराएका दीपेन्द्र मन्त्री बने

काठमाडौं । रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर लुम्बिनी प्रदेशको मन्त्रीको शपथ लिएका छन् ।

आइतबार बुटवलमा पुनले मन्त्री पदको शपथ लिएका हुन् । उनलाई विनाविभागीय मन्त्रीका रुपमा शपथ गराइएको छ ।

अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन निकट मानिने पुनलाई माओवादीमा प्रवेश गराइएको थियो ।

निर्वाचनमा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य र रोल्पा जिल्ला इञ्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका उनी भारी मतले विजयी भएका थिए । पार्टी छोडेकोप्रति आत्मआलोचित हुँदै पुनः उनी माओवादी केन्द्रमा फर्किएका थिए ।

पुनले नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई पराजित गरेका थिए । तत्कालीन गठबन्धनको तर्फबाट अमरसिंह पुन रोल्पा १ (२)मा उम्मेदवार बनेका थिए ।

वर्षमान पुनको उक्साहटमा लागेर दीपेन्द्रले स्वतन्त्र उम्मेदवार दिएर गठबन्धनका उम्मेदवार लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनलाई हराएर राजनीतिक बेइमानी गरेका थिए ।

Published : Sunday, 2024 April 7, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया