मिलेर गयौँ भने इलाम र बझाङमा कांग्रेसलाई कसैले हराउन सक्दैन : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी हुने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ ले काठमाडौंमा आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उनले सिङ्गो पार्टी पंक्ति एकीकृत भएर लाग्ने हो भने कांग्रेसका उम्मेदवारको जित सुनिश्चित रहेको बताए । उनले विगतमा कांग्रेसका उम्मेदवार ११४ मतले हारेको भन्दै यस पटक उपनिर्वाचनमा कांग्रेसले जित्ने बताए ।

प्रवक्ता डा.महतले पार्टीको जिल्ला सभापति समेत रहेका डम्बर खड्कालाई विजयी बनाउन अनुरोध गरेका छन् ।

डा.महतले बझाङको प्रदेश १ को उपनिर्वाचनमा पनि कांग्रेसले जित हासिल गर्न सकिने बताएका छन् ।

‘अहिले हामी दुई वटा उपनिर्वाचनमा जाँदैछौँ’, उनले भने, ‘इलाम जिल्लामा संघीय संसदको निर्वाचनमा त्यहाँ खाली भएको ठाउँमा निर्वाचनमा जाँदैछौँ ।’

‘त्यहाँ योभन्दा अगाडिको आम निर्वाचनमा पनि अत्यन्तै झिनो मत ११४ मतले मात्रै हारेको हो’, डा.महतले भने, ‘डम्बर खड्का, जिल्लाको पार्टी सभापति र तुलनात्मक रूपमा युवा उम्मेदवार हामीले दिएका छौँ ।’

उनले भने, ‘हाम्रो पार्टी एकीकृत भएर त्यहाँ भिड्ने हो भने हामी निर्वाचन जित्छौँ । त्यस्तै बझाङमा पनि त्यो सम्भव छ ।’

Published : Saturday, 2024 April 6, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया