गृहमन्त्रीपछि मन्त्री एवं रास्वपाका उपसभापति र सहमहामन्त्रीद्वारा सहकारीको करोडौं रकम ठगी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डिपी) पनि सहकारीको रकम ठगी प्रकरणमा मुछिएका छन् ।

कांग्रेसका सांसद यादवले श्रममन्त्रीसमेत रहेका रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) कृषि सहकारी संस्थाको उपाध्यक्ष रहेको र त्यहाँका निक्षेपकर्ताले चार करोड रुपियाँ फिर्ता नआएको गुनासो गरेको पनि बताएका छन् ।

रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सोही सहकारीको रकम अपचलनको अभियोगमा मुछिएका छन् । रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौं रकम अपचलन गरेको अभियोग लागेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग उठाइरहेका बेला मन्त्री समेत रहेका रास्वपाका उपसभापति अर्याल र सहमहामन्त्री बुर्लाकोटी सहकारीको रकम अपचलनमा परेका छन् ।

सोही सहकारीमा रास्वपाका सहमहामन्त्री बुर्लाकोटीसमेत सञ्चालक रहेको पाइएको छ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले गृहमन्त्री लामिछानेका साथै उपसभापति अर्याल र सहमहामन्त्री बुर्लाकोटी पनि सहकारीको रकम ठगी प्रकरणमा मुछिएको भन्दै कारबाहीको माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले भने, ‘यो सहकारीबाट पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जिबी राईलाई भित्र्याइएको छ ।’

‘त्यो भित्र्याउने काम श्रममन्त्रीलगायतको हो भन्ने आरोप छ’, उनले भने, ‘सहकारी ठगी सञ्जाल कसरी फैलिइरहेको छ यो घटनाले पनि देखाउँछ ।’

सांसद यादव प्रधानमन्त्री र प्रहरी प्रमुखले नै छानबिन आवश्यक नभएको बताएपछि अनुसन्धान प्रभावित हुने आशंका बढेको बताए ।

उनले भने, ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्दा तपाईँकै हितमा हुन्छ । संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने आधार छन् । यस विषयमा छानबिन भएर सत्यतथ्य बाहिर आओस्, तपाईँको संलग्नताको पर्याप्त आधार छन् छानबिन हुनुपर्छ त्यसको लागि समिति आवश्यक छ ।’

‘अर्को सहकारी ठगीको विषयमा पनि आएका छ’, यादवले भने, ‘जसमा रास्वपा उपसभापति तथा श्रममन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी रकम फिर्ता नपाएको विषय छ ।’

‘अर्याल मात्रै होइन रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए’, उनले भने, ‘सो सहकारीमा पनि गोर्खा मिडियाका अध्यक्ष जिबी राईलाई भित्र्याइएको छ ।’

उनले भने, ‘त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ ।’ नले अहिले समस्याग्रस्त सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको आरोप लगाएका छन् ।

‘यो घटनाले पनि थप पुष्टि गरेको छ’, सांसद यादवले भने, ‘सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छभन्ने कुरा । त्यसैले निष्पक्ष छानबिन आवश्यक छ ।’

‘संसदीय छानबिन समिति बनाऔँ’, उनले भने, ‘हामीले संसदीय छानबिन समितिलाई अनिवार्य शर्त मानेको छ ।’

Published : Tuesday, 2024 April 2, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया