नेपाललाई दिने अनुदान भारतले बढायो

काठमाडौं । असल छिमेकीको भूमिका निभाउँदै भारतले नेपाललाई दिने अनुदान बढाएको छ ।

नेपालका लागि वित्त वर्ष २०२३/२४ मा ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४÷२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपियाँ) विनियोजन गरेको छ ।

वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् । भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपियाँ) पुर्‍याएको छ ।

यसवर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२/२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

Published : Friday, 2024 February 2, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया