निगमले जहाजहरूको ५३ करोड ऋण तिर्‍यो, मर्मत खर्च पनि भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको दायित्वमध्ये त्रीपन्न करोड नब्बे लाख पचपन्न हजार दुई सय एकासी रुपियाँ रकम भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । राम्रो कमाइ भएपछि निगमले जहाजको ऋण नियमित तिर्दै आएको छ ।

ती जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । निगमले असोज ३० गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपियाँ भुक्तानी गरेको प्रवक्ता रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निगमले जहाजको इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रुपमा हुने मर्मत सम्भार खर्च समेत विभिन्न निकायमा रहेको पुरानो वक्यौता रकम आफ्नै स्रोतबाट भुक्तानी गरिएको प्रवक्ता पौडेलले बताएका छन् ।

Published : Wednesday, 2023 October 18, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया