दशैँका बेला पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएपछि निगमले घटाएर नयाँ मूल्य कायम गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको जनाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपियाँ र डिजलमा ५ रुपियाँ घटाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७३ रुपियाँ र डिजलको प्रतिलिटर मूल्य १ सय ६८ रुपियाँ पुगेको छ ।

एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य घटेको छैन ।

Published : Monday, 2023 October 16, 10:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया