गायक आचार्यको गीत टिकटकमा भाइरल

काठमाडौं । गायक गोविन्दमधुर आचार्यले ‘एकदिन उज्यालो छाउला, मेरो पनि दिन आउला’ बोलको आधुनिक गीत ल्याएका छन् ।

गीतको शब्द र संगीत आचार्यकै रहेका छन् । गीतको मेलोडी निकै सुन्दर बनेको छ । गायक आचार्यले भने, ‘आधुनिक गीतको मेलोडी, शब्द र संगीत राम्रो बनेको छ । दर्शक स्रोताले मन पराइदिनुभएको छ ।’

लामो समयपछि गायक आचार्यले निकै राम्रो आधुनिक गीत ल्याएका छन् । गीतले सामाजिक सञ्जालमा राम्रो प्रशंसा पाइरहेको छ ।

विशेष गरेर टिकटकमा गायक आचार्यको गीत भाइरल बनेको छ । टिकटकमा निकै रुचाइएको छ ।

Published : Sunday, 2023 October 15, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया