अनमोल केसीलाई थुनाउने गिरोहका निर्देशक थापा फरार, मोस्ट वान्टेडको सूचीमा

काठमाडौं । प्रहरीले फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

फिल्म प्रदर्शन गरेर ठगी गरेको भन्दै उजुरी परेपछि थापालाई प्रहरीले धमाधम खोजी गरेको छ ।थापा ‘प्रसाद २’ नाम गरेको फिल्मका निर्देशक हुन् । थापाविरुद्ध ‘प्रसाद २’का निर्माताद्वय सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएका हुन् ।

बस्नेत र श्रेष्ठले आफूहरूको अनुमतिविना थापाले ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपियाँ ठगी गरेको आरोप लगाएका छन् ।

थापाकै समूहले केही दिन अगाडि अभिनेता अनमोल केसीलाई थुनाएको थियो । अहिले आएर थापा फरार भएका छन् । थापा नराम्रोसँग फसेका छन् ।

अनमोललाई असफल बनाउन एउटा समूह हात धोएर नेपाली फिल्म क्षेत्रमा लागेको छ । सोही समूहको षड्यन्त्रमा अनमोल परिसकेका छन् । त्यो गिरोहमा थापा पनि छन् ।

नेपाल चलचित्र निर्देशक समाजले थापाविरुद्ध प्रहरीमा ठगीको उजुरी परेर पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ ।

बिहीबार समाजले विज्ञप्ति जारी गरेर विना कारण र विना प्रमाण निर्देशक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाएको छ ।

फिल्म क्षेत्रमा निकै ठूलो ठगी गर्ने गिरोह सक्रिय छ । फिल्म छायाँकन र प्रदर्शन गर्ने बहानामा विभिन्न मुलुकमा मानव तस्करी पनि हुँदै आएका छन् ।

Published : Thursday, 2023 October 12, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया