काठमाडौंमा मंगलबार तरकारीको मूल्य कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सूची सार्वजनिक गरेको छ ।

मंगलबार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानीय १००, आलु रातो ५४, मुडे आलु रातो ४५, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ३०, घिरौला ६० रूपियाँ कायम भइ कारोबार भइरहेको छ ।

डल्लेच्याउ प्रतिकेजी ३२०, बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ९०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा ३५०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १६० रूपियाँ रहेको समितिले जनाएको छ ।

कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १५०, अनार ३८०, नासपाती ९०, आभोकाडो २५०, कालो अंगुर ४००, किवि २५०, हरियो खुर्सानी अकबरे १५० रुपियाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ३००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, मटरकोशा ३००, भारतीय प्याज सुकेको ७३, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, शरीफा २००, फुजी स्याउ ३२०, अम्बा ८०, मौसम १४०, जुनार ३२०, पुदीना ५००, अमला ६०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १२०, कन्य च्याँउ ११०, तने बोडी प्रतिकेजी ८० रूपियाँमा कारोबार भएको छ ।

Published : Tuesday, 2023 October 3, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया