ग्यासमा अत्याधिक मूल्य वृद्धि, पेट्रोलियम पदार्थमा २ रुपियाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार निगमले ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको विज्ञप्तिमार्फत जनाएको छ । वृद्धि भएको मूल्य मध्यरातिदेखि लागू हुनेछ ।

निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपियाँले बढाएको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपियाँ बढेको छ ।

मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २ हजार ११० र काठमाडौंमा पेट्रोल प्रतिलिटर १८५ र डिजेल/मट्टितेल प्रतिलिटर १७५ पुगेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2023 September 30, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया