‘जवान’मा भूमिका काटेपछि अभिनेत्री नयनतारा असन्तुष्ट

मुम्बई । बलिउड फिल्म ‘जवान’मा अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिएकी छिन् । नयनतारा आफ्नो बलिउड डेब्युबाट सन्तुष्ट छैनिन् ।

अभिनेत्री नयनतारा अब बलिउड फिल्ममा काम गर्ने मुडमा छिन् । उनी ‘जवान’का निर्देशक एटली कुमारसँग रुष्ट छिन् । फिल्ममा नयनताराको भूमिका काटेर दीपिका पादुकोणको भूमिका बढाइएको छ ।

‘जवान’मा नयनताराको भूमिकालाई साइडलाइन गरिएको छ । दीपिकाले शाहरुख खानसँग विभिन्न फिल्ममा काम गरेकी छिन् ।

‘जवान’मा दीपिकाको केमियो (छोटो भूमिका) लाई बढाइएको छ । तैपनि अडियन्सले उनलाई निकै रुचाएका छन् ।

‘जवान’ फिल्म शाहरुख खान र दीपिका पादुकोणको फिल्मजस्तै लागिरहेको थियो । नयनतारा साउथकी लिडिङ हिरोइन हुन् ।

‘जवान’मा जसरी नयनताराको भूमिकामा कैंची चलाइयो, यसबाट उनी सन्तुष्ट छैनिन् । यही कारण उनी बलिउड प्रोजेक्टमा नदेखिने भएकी छिन् ।

नयनतारा ‘जवान’को प्रमोसनल इभेन्ट्सको हिस्सा पनि बनिनन् । ‘जवान’को सफलतापछि राखिएको पत्रकार सम्मेलनमा पनि नयनतारा देखिइनन् ।

इभेन्टमा शाहरुख खान, दीपिका पादुकोण, विजय सेतुपति, सान्या मल्होत्रा, रिद्धि डोगरा, एटलीलगायत उपस्थित थिए ।

नयनतारा आफ्नो खराब प्रचार अनुभवका कारण फिल्मको प्रमोसनमा जाँदिनन् । उनी ‘नो प्रमोसन पोलिसी’मा विश्वास राख्छिन् । आफ्नो काम प्रचार गतिविधिको हिस्सा बन्नु नभएर अभिनय गर्नु हो भन्ने मान्यता उनी राख्छिन् ।

‘जवान’ले बक्स अफिसमा सनसनी मच्चाइरहेको छ । भारतमा फिल्मले ५०० करोडभन्दा बढी रुपियाँ कमाइसकेको छ । यो कमाई अझै बढ्ने देखिन्छ । फिल्मले १३ दिनमा वर्ल्डवाइड ९०० करोडको कलेक्सन गरेको छ ।

Published : Monday, 2023 September 25, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया