अभिनेत्री रानी मुखर्जीले ५ महिनाको गर्भ गुमाइन्

मुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जीले आफू दोस्रो पटक आमा बन्दा पाँच महिनाको गर्भावस्थामै बच्चा गुमाएको बताएकी छिन् ।

सन् २०२० मा कोभिड–१९ महामारीका बेला रानी दोस्रो पटक आमा बनेकी थिइन् । बिजनेश टुडेका अनुसार रानीले कार्यक्रममा आफ्नो व्यक्तिगत जीवनको कुराका बारेमा बताएकी छिन् ।

रानीले मिसेस चटर्जी भर्सेस नर्वेको सुटिङअघि गर्भपात भएको बताएकी छिन् । उनले फिल्म रिलिजको बेला यसबारे केही भनेनन् किनभने मानिसहरूले यसलाई प्रचारको नाम दिने उनलाई डर थियो ।

रानीले भनिन्, ‘यो २०२० को कुरा हो जब कोभिड–१९ महामारी फैलिएको थियो । २०२० को अन्त्यमा, म दोस्रो पटक गर्भवती भएँ ।’

‘गर्भावस्थाको पाँच महिनामा मैले मेरो बच्चा गुमाए । गर्भपात भएको करिब १० दिनपछि निखिल आडवाणीले मलाई फोन गरे’, रानीले भनिन्, ‘निखिल मिसेस चटर्जी बनाम नर्वेको प्रोडक्सन टिममा थिए ।’

रानीले भनेकी छिन्, ‘उनले मलाई यो फिल्मको कथा सुनाए र म तुरुन्तै फिल्म गर्न राजी भएँ ।’

मेलबर्नको इन्डियन फिल्म फेस्टिभल ११ देखि २० अगस्टसम्म अस्ट्रेलियाको मेलबर्नको ह्यामर हल अफ आर्ट्स सेन्टरमा आयोजना हुँदैछ ।

Published : Saturday, 2023 August 12, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया