विवादित गायक सपूतले ‘दमाई महाराज’मा हिन्दु धर्मबारे गलत दृष्य राखे

काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीतको भिडियो ‘दमाई महाराज’ विवादमा परेको छ ।

शुक्रबार सार्वजनिक भएको गीतमा गायक सपूतले चोर औलाले माला जपेका छन् । हिन्दु संस्कारमा चोर औँलाले माला जपिदैन । ट्वीटरमा नीति शा (नीति कार्की)ले लेखेकी छिन्, ‘यी गायकलाई चोर औँलाले माला जपिदैन भन्दिम त !’

उनलाई माला जप गर्ने विषयमा जानकारी छैन भने ज्ञान लिनुपर्ने थियो । उनले गलत दृष्यलाई गायक सपूतले हटाउँछन् वा के गर्छन हेर्न बाँकी छ । गीत चोरीदेखि विभिन्न विवादित दृष्य राखेको भनेर सपूतको विगतमा आलोचना हुँदै आएको छ । उनको यो गीतको म्युजिक भिडियो पनि विवादमुक्त रहन सकेको छैन ।

आफ्ना गीत र म्युजिक भिडियोहरूलाई पटक पटक विवादमा पर्दै आएका गायक सपूतले हिन्दु धर्मप्रति खेलवाड गरेको आरोप लागेको छ ।

‘दमाई माहाराज’मा सपूतले छुवाछुत वा नश्लीय विभेदविरुद्धको कुरा उठाएका छन् ।

उनले दिन खोजेको सन्देश सकारात्मक होला । तर, उनले म्युजिक भिडियोमा हिन्दु धर्मप्रति गरेको हेलचेक्र्याइको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

सपूतको यो गीत भजन शैलीमा छ । गीत उनी स्वयमले रचेका हुन् । संगीत र आवाज सपूत र गायिका शान्तिश्री परियारको रहेको छ ।

‘दमाई महाराज’को म्युजिक भिडियोको कथा रचना र निर्देशन सपूतले गरेका छन् ।

भिडियोमा गायक सपूतसहित अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठाकुरीको अभिनय छ ।

भारतीय फिल्म ‘आदिपुरुष’ले देखाएको गलत कुरा र दृष्यको भारतभरि विरोध भएको थियो । त्यसको विरोधमा नेपालमा पनि आदिपुरुषलाई ठूलो नोक्सानी भएको थियो ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रदर्शनमै रोक लगाइदिएका थिए ।

आदिपुरुषको विवाद सेलाउन नपाउँदै गायक सपूतको शुक्रबार रिलिज भएको म्युजिक भिडियोको माला जपेको दृष्यको विरोध भइरहेको छ ।

Published : Friday, 2023 July 21, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया